May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिक धर्म भनेर भाग्न पाइँदैन: योगेश भट्टराई

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल प्रचण्ड– नेपाल समुहका स्थायी कमिटी सदस्य तथा पुर्व पर्यटनमन्त्री योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जादै गरेको उनले बताए । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको