May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • 11
    Shares

काठमाडौं, शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९१ जना महिला र १४१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । गत २४ घण्टामा कोरोनामुक्त भई ३८६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या १४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको