May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्धार

  • 48
    Shares

दार्चुला, नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको शनिबार उद्धार गरिएको हो ।

जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताएका छन् । उनको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो ।

धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको