May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठेर देशलाई अध्ँयारोमा धकेले: नेता ज्ञवाली 

  • 5
    Shares
file photo

बुटवल, नेकपा दाहाल–नेपाल समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्र र संविधानको घाँटी निमोठेर देशलाई अँध्यारोतिर धकेलेको आरोप लगाएका छन् ।

नेकपा दाहाल नेपाल समूहले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीले कम्युनिस्टका नाममा कलंक रहेको बताएका हुन् ।


उनले भने, ‘केपी ओलीले लोकतन्त्र र संविधानको घाँटी निमोठे । देशलाई अध्ँयारोमा धकेले । नक्कली राष्ट्रवाद देखाएर राष्टघात गरे,’ उनले थपे, “उनी राष्ट्रघाती हुन् । जनघाती हुन् । विश्वासघाती प्रतिगमनकारी मात्र हुन् ।”

नेता ज्ञवालीले सिंगो कम्युनिस्ट पाटी र संविधान धराशायी बनाउने केपी शर्मा ओली कहिल्यै नेकपामा नरहने बताए । ‘हामी अलग बाटो रोजेका सबैलाई स्वागत गर्न सक्छौँ । तर, केपी ओली नो,’ उनले भने, ‘अब कम्युनिस्टमा केपी ओली रहँदैनन् ।’

नेता ज्ञवालीले जबजको मन्त्र जपेको नाटक गर्ने केपी ओली नै दाहालसँगको सम्झौतामा प्रधानमन्त्री बन्न जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति भएको दाबी गरे । ‘अहिले जबजलाई ड्रप गरौं पछि सल्लाह गर्दै गरौंला । एक्काइसौँ शताब्दीको जनवाद माओवाद हो ।

शीर्ष समाचार

धेरै पढिएको