May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सिरहामा प्रेसर कुकर बम फेला

  • 16
    Shares
file photo

सिरहा, सिरहामा शनिबार बिहान शंकास्पद बस्तु फेला परेको छ । मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित जिबाखोलाको पुलमा शंकास्पद बस्तु फेला हो ।

पुलमा शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीले सुरक्षा घेरा लगाएर नेपाली सेनालाई बोलाएको थियो । चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थलमा पुगेर शंकास्पद बस्तु डिस्पोजल गरेको प्रहरी प्रवक्ता शर्माले बताएका छन् ।

शंकास्पद बस्तु फेला परेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो । हाल सवारी आवतजावत सुरु भइसकेको प्रवक्ता शर्माले बताए ।

शीर्ष समाचार

धेरै पढिएको