May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 1
    Share

नवलपरासी, नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक  दिलीप  गिरीले बताएका छन् ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको