May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

अज्ञात समूहद्वारा काभ्रेका दुई स्थानमा बम विस्फोट, बनेपामा कुकर बम डिस्पोज

File Photo

काठमाडौं, अज्ञात समूहले काभ्रेका दुई स्थानमा बम विस्फोट गराएको छ । बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा रहेको कुकर बम भने सेनाले डिस्पोज गरेको छ ।  

बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा र रोशी गाउँपालिका वडा नं. ९ नार्केमा गयराती अज्ञात समुहले बम पड्काएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बनेपा बुडोलमा पड्काएको होस्ट बम हुन सक्ने र नार्केमा पड्काएको सिलिण्डर बम हुन सक्ने बताएका छन् । बम राती दुई बजेको समयमा पड्किएको जनाइएको छ । 

कुकर बमका कारण राती दुई बजेदेखि अवरुद्ध भएको अरनिको राजमार्ग र विपी राजमार्ग  डिस्पोज पश्चात सुचारु भएको छ । सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी स्रोतले बताए । 

शीर्ष समाचार

धेरै पढिएको