May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

हामीले तीन वर्षमा पनि केपीलाई तह लगाउन सकेनौं, म तपाईहरुसामु आत्मालोचना गर्छु: प्रचण्ड 

File Photo

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको बलमा नै विगतमा प्रतिगामीहरु परास्त भएको जिकिर गरेका छन् ।

प्रचण्डले भने, ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ ।’

नेकपा दाहाल-नेपाल समुहले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान  प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारेका हुन् ।

विगत तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन् ।

प्रचण्डले भने, ‘हामीले तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं,’ उनले थपे, ‘उहाँका केही कुरा मानिदिएर पार्टी पनि बचाउन सकिन्छ कि भनेर प्रयास गरेको हो तर केपीका गलत प्रवृत्तिविरुद्ध कडा तरिकाले संघर्ष गर्न सक्नु पर्थ्यो, हामीले गर्न सकेनौं, यसमा म तपाईहरुसामु आत्मालोचना गर्छु ।’

प्रधानमन्त्री केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास आफूले लिएको बताए ।

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको प्रचण्डले बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको