May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

ननभेज आन्दोलनसँँग सजग भएर सामाना गर्न प्रधानमन्त्री ओलीको निर्देशन

  • 18
    Shares
file photo

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा ननभेज आन्दोलनको उद्घोष भएकाले सजग भएर सामाना गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली विरुद्ध ननभेज आन्दोलनको घोषणा भएकाले सजग भएर सामना गर्नुपर्ने बताएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, लोकतान्त्रिक प्रणालीविरुद्ध ननभेज आन्दोलन घोषणा भएको छ ।

उनले भने, “के हो यो ननभेज आन्दोलन भनेको ? शाब्दिक हिसाबले यसमा रफु भरिन सक्छ तर मनसाय फुत्किसकेको छ । सजग भएर सशस्त्र प्रहरी बलले यसको सामाना गर्नुपर्छ ।”

शीर्ष समाचार

धेरै पढिएको