March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङ मात्रै हो पुरा फिल्म त बाँकी नै छ: माधव नेपाल

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताएका अध्यक्ष नेपालले बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानविपरित संसद विघटन गरेर हिटलरको बाटोमा हिँडेको बताएका हुन् ।

ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा पनि नझुक्ने बताउँदै नेपालले ओलीविरुद्धको अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङ मात्रै रहेको र पुरा फिल्म त बाँकी नै रहेको पनि बताए ।

आजको प्रदर्शन र विरोध सभा हेर्दा आफुलाई जनआन्दोलनको झझल्को दिएको भन्दै नेपालले भने, ‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिएको अनुभव भएको छ’, नेता नेपालले भने, ‘केपी ओलीले संविधान, पार्टी, लोकतन्त्र र देशको स्थायित्वविरुद्ध प्रहार गरेका छन् ।’

उनले ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको