May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्: नेता खनाल

  • 1
    Share

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व रहेको बताएका छन् ।

उनले केपी ओलीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध राजधानीमा आयोजित एक बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् ।

नेता खनालले भने,‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, उनले थपे, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’

उनले संसद विघटन गर्ने ओलीको कदमलाई राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरे । ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरेका छन् ।

‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु । कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले संसदको पुर्नस्थापनाको विकल्प नभएको पनि बताए ।

शीर्ष समाचार

धेरै पढिएको