May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रदेश मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल

  • 14
    Shares

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल शुरु गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यसँग सो प्रदेशका सम्बन्धमा रायसुझाव लिएका छन् ।

सभापति देउवाले प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सम्बन्धमा केन्द्रीय सदस्यसँग सुझाव सल्लाह लिएको र कुनै निष्कर्षमा नपुगेको कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महतले जानकारी दिएका छन् ।

छलफलमा सभापति देउवाले सो प्रस्ताव सम्बन्धमा सम्बन्धित प्रदेशका संसदीय दलसँग पनि सल्लाह गर्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको