May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

कमरेड ओली तपाईं गलत हुनुहुन्छ, समय हुँदै सोच्नुस्: घनश्याम भुषाल

  • 7
    Shares
file photo

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय गलत छ र समयमै सोचबिचार आग्रह गरेका छन् ।

उनले यदि प्रधानमन्त्री ओलीले यो प्रतिगामी कदम नसच्चाए जनताले चाँडै नै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिएका हुन् ।

प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले सो कुरा बताए ।

उनले भने, ‘यो उपस्थितिलाई साक्षी राखेर म कमरेड ओलीलाई भन्छु– तपाईं गलत हुनुहुन्छ । समय हुँदै सोच्नुस् । यदि तपाईंले सोच्नुभएन भने इतिहासको कठघरामा पुर्याइनेछ ।’

उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको