May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

बालुवाटारमा अमेरिकी राजदूत बेरी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौं, नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

राजदूत बेरीले शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

राजदूत बेरीले जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड–१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न बाइडन प्रशासन इच्छुक रहेकाे जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको