May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

संसद विघटनसम्बन्धी राजपत्र संवैधानिक इजलासमा पेश 

  • 1
    Share

काठमाडौं, महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । आजको इजलासमा महान्यायाधिवक्ता खरेलले सो राजपत्र पेश गरेका हुन् ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए ।

प्रश्न उठेपछि सरकारले पुस ५ को मिति राखेर बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो ।राजपत्र पेश भएपछि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि निवेदकका तर्फबाट बहस जारी छ ।

बहसमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको