May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

चन्द्रागिरि हिल्सको आईपीओ झण्डै डेढ लाख लगानीकर्ताले मात्रै पाए

  • 9
    Shares

काठमाडौं, चन्द्रागिरि हिल्स लिमिटेडले खुलाएको आईपीओ झण्डै डेढ लाख लगानीकर्ताले पाएका छन् ।

गत पुस २४ देखि खुलेको उक्त आईपीओमा १२ लाख ११ हजार १ सय १५ जनाको आवेदन स्वीकृत भएकोमा १ लाख ३९ हजार ६ सय २ जनाले मात्रै प्रति १० कित्ता आईपीओ पाएको बिक्री प्रबन्धक आईएमई क्यापिटल्सले जनाएको छ ।

कुल १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिए पनि १० लाख ७१ हजार ५ सय १३ जनाले भने पाएनन् । जसमध्ये ५ हजार ९८ सय ३८ वटा आवेदन अस्वीकृत भएको थियो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर बिक्रीको लागि आह्वान गरेको थियो ।

यीमध्ये ६१ हजार ३ सय ६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ७६ हजार ७ सय ५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

शीर्ष समाचार

धेरै पढिएको