February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

व्यवस्था भत्काउन र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो: बाबुराम भट्टराई

  • 1
    Share
file photo

बुटवल, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था भत्काउनका लागि सेटिङ गरेर संसद विघटन गरेको आरोप लगाएका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटमा भट्टराईले भने, ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरंकुश शासक बन्न चुनाव घोषणा गरिएको हो,’ उनले थपे, ‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्वाकांक्षा भएकाले संसद पुनःस्थापना नगरी हुने चुनावबाट कसैको बहुमत आउँदैन र मुलुक संवैधानिक रुपमै सधैंका लागि अस्थिरतामा फस्छ ।’

असंवैधानिक तरिकाले गरिएको संसद विघटनले मुलुक दुर्घटनातर्फ धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउँदै भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्ने भट्टराईले बताए ।

शीर्ष समाचार

धेरै पढिएको