कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न प्रधानन्यायधीश जबराको आग्रह

काठमाडौं, संसद विघटनको मुद्दामा बहस गर्नेहरूलाई संवैधानिक इजलासले पहिलेको तुलनामा निकै कम समय दिन थालेको छ । आजको बहसमा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् ।
१३ रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेपछि अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले छोटो बहस गर्न भनेको हो ।
कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन भनेका थिए भने अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे ।
प्रधानन्यायाधीश जबराले जवाफमा भने , ‘हामीले पटकपटक भनिरहेका छौं । अवस्था यस्तै छ । तपाईंहरू झन्डै तीन सय जना हुनुहुन्छ ।’
त्यसपछि अधिकारीले आफू नाम मात्रै लेखाउन नआएको जवाफ दिए । अधिकारीको जवाफ सुनेपछि समयको ख्याल गर्न रिट निवेदकहरू नै अगाडि बढ्नुपर्ने आशय व्यक्त गरे गर्दै उनले भने, ‘दुई महिना लिन्छौं भने पनि दिन्छौं ।’
प्रतिकृया दिनुहोस्