February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

ओलीले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ: माधव नेपाल

  • 1
    Share
File Photo

सुर्खेत, विभाजित नेकपा (दाहाल-नेपाल) समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देश र संविधानको चिन्ता नभएको बताएका छन् ।

जनताको चाहनामाथि खेलबाड गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको अध्यक्ष नेपालले आरोप लगाएका छन् । शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ उनले थपे, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि गर्‍यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ ।’

‘जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन । पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन्’ अध्यक्ष नेपालले भने ।

शीर्ष समाचार

धेरै पढिएको