May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

प्रचण्ड-माधव पक्षको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

  • 2
    Shares

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

विरोध प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सर्वसाधारणहरु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

ट्राफिक प्रहरीका अनुसार प्रदर्शन गर्नुअघि चक्रपथ भित्रका विभिन्न विभिन्न स्थानबाट र्‍याली निकालिने भएकाले ति स्थानमा ठुला सवारी साधन छिर्न नदिएको हो ।

काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ ।

ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको