February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दै 

  • 2
    Shares

काठमाडौं, विभाजित नेकपाको दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । संसद विघटनविरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा आज जनप्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन् । उपत्यकाका दश ठाँउवाट जुलुस निकालेर रत्नपार्कवाट जुलुस तथा सभा हुने नेकपाले जनाएको छ ।

त्यसअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसवाट स्थायी समिति सदस्यको नेतृत्वमा जुलुस निस्कने छ ।

शीर्ष समाचार

धेरै पढिएको