
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेकाे छ । बुधबार मात्र ६२९ जना नयाँ संक्रमित थपिएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज थपिएको महिला ११० र पुरुष ५१९ जना काेराेना संक्रमित थपिएको हाे । बुधबार डिस्चार्ज हुने ११४ जना छन् । जसमध्ये ८ जना महिला र १०६ जना पुरुष रहेका छन् ।आज थप मृत्यु संख्या छैन मंगलबार सम्मकाे मृत्यु संख्या २४ जना रहेका छन् ।
काेराेना संक्रमित भई सफल उपचार पछि निकाे हुनेकाे संख्या २ हजार ३३८ जना छन् । जसमध्ये अाज ११४ जना थप डिस्चार्ज भएका हुन् । क्वारेन्टाइनमा बस्नेकाे संख्या ७८ हजार ६३९ रहेका छन् । हालसम्म ७६ जिल्लामा काेराेना संक्रमित भैसकेको छ । जसमध्ये सबैभन्दा बढि संक्रमित भएको जिल्ला अाज राैतहट रहेकाे छ । त्यपछि क्रमश दैलेख ,कपिलवस्तु ,सर्लाही ,महाेत्तरी,बाके ,कैलाली ,सुर्खेत ,धनुषा दाङ,रुपन्देही अर्घाखाँची ,गुल्मी आदि रहेका जिल्ला रहेकाे छ ।





