February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

संसद विघटनविरुद्ध आज कांग्रेसद्वारा देशभरका सबै वडामा प्रदर्शन

  • 258
    Shares

बारा, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमकाबिरुद्धमा आज परवानीपुर गाउँपालिका वडा नं ५ नौतनमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । पूर्वघोषित विरोध कार्यक्रमअन्तर्गत बिहिवार देशभरीका ६ हजार ७४३ वडाहरुमा कांग्रेसले बिरोध गरेको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुन:स्थापना हुनुपर्ने मुख्य माग राख्दै कांग्रेसले लगातार विरोधका कार्यक्रम गर्दै आईरहेको छ ।

परवानीपुर गा.वि.स वडा नं ५ का पूर्व सभापति किशोर पटेलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाराका जिल्लाका महाधिवेशन प्रतिनिधि जगदिश साह कानु, बिशिष्ट अतिथि लालबाबु यादव, नेपाल ट्रेड यूनियन कांग्रेस सह-सचिव प्रमोद सिंह, पूर्व वडा अध्यक्ष रामानन्द साह कानु, बिशनाथ सिह, जपाल साह, प्रभु पटेल, गौतम पटेल,मोहन दास, कार्तिक साह, सुनिल गुप्ता, दिपक साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम को संचालन नेपाल तरुणदल क्षेत्र नं ४ का क्षत्रिय सभापति राज किशोर गुप्ताले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको