May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

  • 8
    Shares

काठमाडौं, बिहिवार थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये १२२ जना महिला र २१४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । गत २४ घण्टामा कोरोनामुक्त भई २२६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ । हाल देशभर १७२ जना क्वारेन्टाइनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको