February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

बलेफी गाउँपालिकाका वडाअध्यक्ष चढेको कार दुर्घटना

  • 57
    Shares

खाडिचौर, सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका-६ का वडाअध्यक्ष अभिनाष घिसिङ सवार कार दुर्घटना भएको छ । बिहिवार बलेफीबाट खाडिचौर जाँदै गरेको बा१८च९५९५ नम्बरको प्राइभेट कार दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा परी २५ वर्षिय अध्यक्ष घिसिङको अवस्था सामान्य रहेकोे छ भने चालक घाइते भएका छन् । घाइते चालकको उपचारका लागि खाडिचौरस्थित सदाबहार अस्पतालमा लगिएको छ भने हाल दुर्घटनाको वास्तविक कारण भने नखुलेको बताइएको छ । कारमा उनी र चालक मात्र सवार थिए ।

शीर्ष समाचार

धेरै पढिएको