
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आजबाट सुरु भएको छ । पहिलो दिन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा सम्बोधन गरेका थिए । बैठकको पहिलो एजेण्डामा नै दुई अध्यक्षले सम्बोधन गर्ने उल्लेख थियो । सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ । विवादित एमसीसीबारे आजको बैठकले टुङ्गो लगाउने भनिए पनि छलफल नै भएन ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले मात्रै धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज तय भएको पाँचवटा एजेण्डाको विषयमा अध्यक्षद्धयले समान्य जानकारी मात्रै दिएको श्रेष्ठको भनाई छ ।अर्को बैठक असार १२ गते विहान ११ बजे बस्ने सहमति भएको छ ।कमिटीको अर्को बैठक यही असार १२ गते शुक्रबार बस्ने छ ।





