May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

हामी सडकमा रातो र उज्यालो झण्डा फहराउँछौ, कालो झण्डा होइन: प्रधानमन्त्री ओली 

  • 29
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले सडकमा उज्यालो र रातो झण्डा फहराउने भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार आफु निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पेरिसडाँडाम जस्तो कालो झण्डा फहराउने नभई रातो झण्डा फहराउने भएको बताएका हुन् ।

उनले भने,  ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौ’, प्रधानमन्त्री ओलीले भने, ‘सडकमा रातो, उज्यालो झण्डा फहराउँछौ । कालो होइन ।’ 

आफुहरुले कसैसँग प्रतिशोध नलिने बताउँदै देश बनाउनतर्फ लागेको बताए । ‘हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन ,देश बनाउनुछ । सुशासन गर्दै भ्रष्टाचार समाप्त पार्नुछ । देश बनाउन यी गन्तव्यतर्फको यात्रा तय गर्नुछ’, ओलीको भनाई छ ।  

मानिसमा तीनवटा पक्ष विद्दता, बुद्धि र मति हुने भन्दै उनले देश बनाउने हो भने मति ठिक ठाउँमा राख्नुपर्ने पनि बताए । ‘मति ठिक ठाउँमा भएन भने बुद्धिमान मतिभ्रष्ट भयो भने खतरानाक हुन्छ । बुद्धिमान चोर भए प्रहरीले पनि पक्रन सक्दैन’ ओलीको तर्क थियो ।  

शीर्ष समाचार

धेरै पढिएको