May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

कामदार लैजाने प्रोटोकलमा इजरायल र नेपालबिच हस्ताक्षर, तत्कालका लागि ५०० नेपाली लैजाने 

  • 31
    Shares

काठमाडौं, बिहिवार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलीय राजदूत खनान गोडेरले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै इजरायलले तत्कालका लागि ५ सय जना नेपाली नागरिकलाई केयरगिभरका रुपमा लैजाने भएको हो ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो र त्यँही सम्झौतालाई कार्यान्वयन गर्नका लागि आज ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर भएको हो ।

नेपाली श्रमिक लैजाने प्रक्रियालाई अब निरन्तरता दिइने नेपालका लागि इजरायली राजदूत खनान गोडेरले बताएका छन् । श्रममन्त्री गौरीशंकर चौधरीले केयरगिभरका साथै कृषि क्षेत्रमा नेपाली कामदार लैजाने व्यवस्था मिलाउन पनि राजदूत गोडेरसँग आग्रह गरे ।


उक्त सम्झौतामा इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्य र इजरायली विदेशमन्त्री गाबी अश्केनाजीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता नेपालीहरुलाई रोजगारीका लागि इजरायल जान ढोका खोल्ने फ्रेक वर्क सम्झौता भएको छ ।

सरकार–सरकारबीच सम्झौता भएकाले कामदार पठाउने प्रक्रियामा म्यानपावर संलग्न हुनेछैन भने इजरायल जाँदा लाग्ने हवाई खर्च श्रमिक आफैले तिर्नुपर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको