May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

भारतले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

  • 2
    Shares

काठमाडौं, भारतले अनुदानस्वरुप दिएको १० लाख डोज कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानमार्फत आज बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

उक्त कोरोना खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन् । खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिने छ ।

मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको