प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित

मोरङ, प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक छोटो समय बसेर स्थगित भएको छ । नेकपा भित्रको कलहका कारण बैठक छोटो समय बसेर स्थगित गरिएको हो ।
अर्को बैठक कहिले बस्ने भन्ने सूचना समेत जारी नगरि बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन गरेर बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
प्रदेश सभामुख भण्डारीका अनुसार दलहरुसँगको परामर्शका आधारमा अर्को बैठकको मिति तोकिने भएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्