February 28, 2021, Sunday
२०७७ फाल्गुन १६, आईतवार

सप्तरीमा एचआइभी एड्सबाट १६ वर्षिया किशोरीको मृत्यु

  • 18
    Shares

सप्तरी, सप्तरीमा आइतबार साँझ एचआइभी एड्सबाट १६ वर्षीया एक किशोरीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–१ चनौरा निवासी अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिएका छन् ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताएका हुन् ।

उनका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो ।

मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको