March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप २४० जनामा काेराेना पुष्टि, ४७७ जनाकाे डिस्चार्ज

काठमाडौं, ३ माघ – थप २४० जनामा काेराेना संक्रमित पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म २ लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् । हाल चार हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ५६ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको