
वासिङ्टन, अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् । जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् ।
राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई भागमा विभाजित गरिएको छ ।
कार्यक्रममा सिधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहत लगायतका विषय समेटिएका छन् ।
कार्यक्रम अन्तर्गत रहेक अमेरिकी परिवारलाई २ हजार डलर प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी रहेको छ ।एजेन्सी






