आजबाट अन्तर बैंकको एटिएम कारोबार गर्दा शुल्क लाग्ने
- hamro_kantipur
- २०७७ माघ १

काठमाडौं, कोरोना संकटमा नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम निःशुल्क गरेकोमा आजबाट अन्तर बैंकको एटिएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ ।
माघ १ गतेबाट लागु हुनेगरी राष्ट्र बैंकले फरक बैंकको एटिएम प्रयोगमा शुल्क निर्धारण गरेको हो । ग्राहकले जुनसुकै बैंकबाट महिनामा २ पटकसम्म कारोबार गर्दा निःशुल्क र त्यसपछि भने अधिकतम २० रुपैयाँ लिन बैकिङ तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो ।
यसअघि ०७७/७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म संस्थाको एटिएम कार्ड तथा अन्तर बैंकको कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
शीर्ष समाचार
- निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृह मन्त्रालयको निर्देशन
- नेकपा दाहाल–नेपाल समुहद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
- नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र हो: प्रधानमन्त्री ओली
- सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध छ: परराष्ट्रमन्त्री ज्ञवाली
- भारतमा भएको किसान आन्दोलनको प्रभाव नेपालमा
प्रतिकृया दिनुहोस्