January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४०५ जना डिस्चार्ज

  • 13
    Shares

काठमाडौं, बिहिवार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६१ जना महिला र २४२ जना पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ४०५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

हाल क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको