March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मौसम खराबीका कारण सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, मौसम गडबडीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता सवार हेलिकप्टर बिहीवार गोरखामा आकस्मिक अवतरण गराइएको छ ।

शहीद हरिदत्त तिवारीको स्मृति सभामा सहभागी हुन देउवा सहितका नेता पर्वत गएका हुन् । मौसम सुधार भएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

पर्वतको सदरमुकाम कुस्माका लागि उडेको देउवा सवार हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको हर्नी आँपपिपलको बारीमा अवतरण गराइएको थियो । सो हेलिकप्टरमा सभापति देउवा, कांग्रेस नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी सवार छन् । 

शीर्ष समाचार

धेरै पढिएको