January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय योग दिवस मनाइयो

  • 13
    Shares

काठमाडौं, राष्ट्रिय योग दिवसका अवसरमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम गरिएको छ । योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी छन् ।

कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताएका छन् ।


योगगुरु हरिप्रसाद पोखरेलले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसंघमा भारतभन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने धारणा राखे । नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको