January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

  • 26
    Shares

काठमाडौं, तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्रीको भ्रमण दलमा परराष्ट्रसचिव भरतराज पौडेल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सरकारी अधिकारीहरु पनि सहभागी छन् ।

भ्रमण कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बताइएको छ । भ्रमणका क्रममा उनले समकक्षी एस एम जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुनाउने बुझिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भारत भ्रमणका क्रममा नेपालले व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय उठाउने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको