January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

माघी पर्वले सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

  • 11
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा देश–विदेशमा रहनुभएका सबै नेपालीको सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुर्‍याउने विश्वास व्यक्ति गरेकी छन् ।

यस चाडले नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरिन ।

शीर्ष समाचार

धेरै पढिएको