January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१४ जना डिस्चार्ज

  • 13
    Shares

काठमाडौं, बुधबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या २ सय ६१ छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४१४ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय ८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको