January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको छ: शाक्य

  • 11
    Shares
file photo

काठमाडौं, नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको बताएकी छन् ।

प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा उनले भनिन्, ‘कम्युनिस्ट पार्टी यो देश हाक्नुपर्छ, सुशासन कायम गर्नु पर्छ, समृद्धि ल्याउनु पर्छ भनेर लागिरहेको बेला कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको छ । फेरि पनि आन्दोलनमा जान्छौं ।’

काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी भएकाले फेरि सडकमा धक्का दिनैपर्ने अवस्था आएको उनले बाताइन ।

उनले भनिन्, ‘सडकका फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुहुन्छ । काठमाडौंबासीले तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।’

शीर्ष समाचार

धेरै पढिएको