March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चालक सहित १२ जना घाइते

अर्घाखाँची, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटना हुँदा १२ जना घाइते भएको छ ।

शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु१ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो ।

ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको