January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

संसद विघटनविरुद्वको रिट सुनुवाइका लागि संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल

काठमाडौं, संसद विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेका छन् ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए भने प्रधानन्यायाधीश जबराले इजलासमा अन्य भने पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्  ।

शीर्ष समाचार

धेरै पढिएको