
काठमाडौं – नेपालमा १० हजार काेराेना संक्रमित नाघेकाे छ मंगलबार सम्म काेराेना संक्रमित १० हजार ९९ जना पुगेका छन् । आज थप ५३८ जना नयाँ काेराेना संक्रमित थपिएको छ । याे सँगै काेराेना संक्रमितको संख्या १० हजार ९९ जना पुगेकाे हाे । आज डिस्चार्ज हुनेकाे संख्या ७६ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार नेपालमा हालसम्म डिस्चार्ज हुनेकाे संख्या २ हजार २२४ जना पुगेका छन् ।
जसमध्ये महिला १८९ जना र पुरुष २ हजार ३५ जना पुगेका छन् । मंगलबार थप १ जनाकाे मृत्यु भएको छ । याे सँगै नेपालमा २४ काेराेना बाट ज्यान गएकाे छ ।हालसम्म नेपालकाे रसुवा जिल्ला बाहेक ७६ जिल्लामा काेराेना संक्रमित भैसकेकाे छ भने बागमती प्रदेशकाे १ जिल्ला मात्र बाकि रहेकाे छ ।





