May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

गलत कामलाई ढाकछोप गर्न रातारात अविश्वासको प्रस्ताव ल्याइयो: मुख्यमन्त्री राई

  • 24
    Shares

मोरङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न रातारात सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं भ्रष्ट भएर अविश्वास नआएको बताउँदै केही साथीहरुले ठूलो भाग खोज्न गलत नियतले ल्याएको बताएका हुन् ।

उनले अविश्वासको प्रस्तावको विधि विधानअनुसार सामना गर्ने बताउँदै यो अन्योतालाई छिट्टै समाधान गर्ने विश्वास दिलाए । मुख्यमन्त्री राईले प्रदेश सरकार विधि विधान र ऐन कानूनअनुसार सञ्चालनमा रहेको चर्चा गर्दै प्रदेशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिए पनि त्यसलाई छिट्टै परास्त गर्ने बताए ।

उनले आफू मुख्यमन्त्रीको रुपमा एउटा पद र नाम राख्न आएको नभई संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने प्रतिबद्धताका एवं प्रणालीलाई कायम गर्न सफल नेतृत्व दिने गरी आएको प्रष्ट पारेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको