थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
- hamro_kantipur
- २०७७ पुष २८

काठमाडौं, मंगलबार थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७७ जना महिला र २५३ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको हो ।
गत २४ घण्टामा कोरोनामुक्त भई ३९० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या २ लख ५९ हजार ३८५ पुगेको छ । हाल देशभर २३७ जना क्वारेन्टाइनमा रहेका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्