January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ, के जनयुद्ध कुहेको फर्सी हो: प्रचण्ड

  • 35
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल नेतृत्वको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहेको फर्सी बताएकोप्रती आपात्ती जनाउँदै प्रश्न गरेका छन् ।

उनले पार्टी विभाजनपछि ओली समूहमा गएको पूर्व माओवादीहरुमाथिसमेत प्रश्न उठाएका छन् ।उनले भने, ‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो ?’

मंगलबार पोखरामा भएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।अध्यक्ष प्रचण्डले पार्टी एकताका बेला ओलीले जनयुद्धले राजनीतिक परिवर्तन ल्याउनमा उल्लेख्य भूमिका खेलेको भन्ने दस्तावेजमा हस्ताक्षर गरेको स्मरण गरे । ‘के राजनीतिक परिवर्तन गर्न जनयुद्धले खेलको भुमिका उल्लेखनीय छ भनेर केपी ओलीले गरेको हस्ताक्षर कीर्ति हो?’, उनले प्रश्न गरे।

शीर्ष समाचार

धेरै पढिएको