January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

ओलीले प्रधानमन्त्री बनिरहने रहरमा पार्टी एकता र लोकतन्त्र ध्वस्त गरे: प्रवक्ता श्रेष्ठ

  • 5
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त गरेको तथा संविधान नै च्यात्न खोजेको बताए ।

आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई धुलो चटाएरै छाड्नेसमेत दावी गरेका छन् । 

उनले भने, ‘एक जना व्यक्तिलाई प्रधानमन्त्री बनिरहने रहरले संविधान च्यात्न र लोकतन्त्रलाई ध्वस्त बनाउन पाइन्छ ?  यो कुराको जवाफ केपी ओली र उनका समर्थकले दिनुपर्छ ।’

‘संयुक्त संघर्षको पहल गरिरहेका छौ । दलहरुबीच छलफल र परामर्श पनि भइरहेको छ । राजनीतिक दल, नागरिक समाज र बुद्धिवजवीहरुसँग अन्तरक्रिया भइरहेका छन् र नयाँ किसिमले संघर्ष अघि बढाउने प्रयास भइहरेको छ’, श्रेष्ठले भने ।

शीर्ष समाचार

धेरै पढिएको