January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

संसद विघटनविरुद्ध काठमाडौंमा विवेकशील पार्टीको दाँत माझेर प्रदर्शन

  • 29
    Shares

काठमाडौं, विवेकशील साझा पार्टीले मंगलबार माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर थुकेका थिए । जुन सार्वजनिक स्वास्थ्यको लागि हानिकारक भएको भन्दै विवेकशील पार्टीले आज माइतीघरमा दाँत माझेर प्रदर्शन गरेको हो ।

सो पार्टीले प्रधानमन्त्री ओलीले त्यसरी राष्ट्रिय सभाको रोष्ट्रममा थुक्नुले लोकतन्त्र, गणतन्त्र र त्यसको अभ्यासको थलो संसदमाथि थुक्न खोजेको भन्ने पनि प्रश्न उठेको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको