January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

संक्रमित कर्मचारीलाई आइसोलेशन र अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिइने

  • 1
    Share

काठमाडौं, सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर अन्य बिदा नकाटी छुट्टै बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ ।

सो परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ । यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको